• भाद्र २९ २०८१, शनिबार

संसदमा कांग्रेस सांसदको आरोपमा रास्वपाको प्रतिवाद

भाद्र १३ २०८१, बिहीबार

१३ भदौ, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक प्रदीप अधिकारीको विषयलाई लिएर आरोप –प्रत्यारोप गरेका छन् ।कांग्रेस सांसद राजेन्द्र बजगाईले रास्वपाका एक सहमहामन्त्री (नाम खुलाएनन्) उड्ययन प्राधिकरणका महानिर्देशक अधिकारीलाई जोगाउन कुरा गर्न आएको बताए ।

‘उहाँ हाम्रो मान्छे, हाम्रो निर्वाचन क्षेत्रको मान्छे, रवि लामिछाने निर्वाचित भएको क्षेत्रको मान्छे उहाँलाई जोगाउनु र्पयो,’ बजगाईले संसदमा भने । रास्वपाले द्धैध चरित्र देखाएको बजगाईले आरोप लगाए । बजगाईले रास्वपा एक सहमहामन्त्रीलाई आरोप लगाएपछि त्यसको प्रतिवाद रास्वपा सांसद चन्दा कार्कीले गरिन् ।

संसद बिना प्रमाण जथाभावी आरोप लगाउने थलो भएको भन्दै चिन्ता व्यक्त गरिन् । कार्कीले भनिन, ‘राजेन्द्र बजगाईले रास्वपाका सहमहामन्त्रीलाई लगाउनु भएको आरोपमा आपत्र् िजनाउन चाहन्छु । विना प्रमाण त्यस्तो कुरा बोल्न पाइँदैन ।