• भाद्र २९ २०८१, शनिबार

साफ यु‍‍ २० च्याम्पियनसिप : कहाँ चुक्यो नेपाल?

भाद्र १३ २०८१, बिहीबार

१३ भदौ, काठमाडौं । ‘हामीले आफ्नो घरेलु मैदानमा अवसर पाउँदा पनि जित्न सकेनौं । सरी भन्न चाहन्छु । यस्तो मौका आउँदैन ।’ साफ यु९२० च्याम्पियनसिपको फाइनलमा बुधबार बंगलादेशसँग ४९१ ले पराजित हुँदै उपाधि जित्न असफल भएपछि नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले सुरुमा दिएको प्रतिक्रिया हो यो । ९ वर्षपछि फाइनल पुगेको नेपाल यू२० टिमसामु यसपटक घरेलु मैदानमा उपाधि जित्ने सुनौलो अवसर गुमायो ।

नेपालले सन् २०१५ मा नेपालबाटै सुरु भएको पहिलो संस्करण र २०१७ मा दोस्रो संस्करणको उपाधि जितेको थियो । त्यसयता नेपाल फाइनल सम्म पनि पुग्न सकेको थियो । २०१५ पछि पहिलो पटक फाइनल पुगेको नेपाल यस पटक भने घरेलु मैदानमै बंगलादेशसँग स्तब्ध नै भयो । समूह चरणमा नेपाल र बंगलादेश एकै समूहमा थिए । जहाँ नेपालले बंगलादेशलाई २९१ ले पराजित गर्दै समूह विजेता बनेको थियो ।

फाइनलमा नेपालले त्यो प्रदर्शन दोर्होयाउन सकेन भने बंगलादेशले उत्कृष्ट पुनरागमन गर्दै नेपालविरुद्ध मिठो बदला लियो । समूह चरणमा नेपालका लागि समिर तामाङ र निराजन धामीले पहिलो हाफमा दुई मिनेटमा दुई गोल गरेपछि नेपालले बंगलादेशमाथि दबाब बनाउँद जित निकालेको थियो । फाइनलमा घरेलु नेपाललाई घरेलु मैदान र घरेलु दर्शकको साथमा उपाधि जित्नुपर्ने एक किसिमको दबाब पनि थियो ।

त्यो दबाबका कारण पनि फाइनलमा नेपालले सोचे अनुसारको प्रदर्शन गर्न सकेन । ‘नतिजाबाट निराश छौँ । हामीले आफ्नो खेल खेल्न सकेनौँ । सबैलाई सरी भन्न चाहन्छौं।’ खेलपछि नेपालका कप्तान कुशल देउबाको प्रतिक्रिया थियो । खेलको सुरुमा नेपालले दबाब बनाए पनि अघिल्लो खेलमा जस्तो गोल गर्न सकेन । पहिलो हाफको इन्जुरी टाइममा बंगालदेशले अग्रता लियो ।

मिराजुल इस्लामले फ्रिकिकमा गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए । दोस्रो हाफमा मिराजुलले अर्को गोल गरे । यस्तै रबी होसेन राहुल र पिएस नोभाले दोस्रो हाफमा गोल गरे । नेपालका लागि समिर तामाङले मात्र एक गोल फर्काए । फाइनल खेलमा पाँच गोल हुँदा नेपालले जम्मा १ गोल मात्र गर्न सक्यो । फाइनलसम्म पुग्दा अपराजित रहेको नेपालले एक खेल मात्र र्हायो र त्यही हारले नेपाललाई उपाधि जित्नबाट बन्चित गरायो ।