• भाद्र २९ २०८१, शनिबार

नकारात्मक भावनाबाट कसरी बच्ने?

भाद्र १३ २०८१, बिहीबार

नकारात्मक भावनाबाट बच्न यस्तो गर्नुहोस् ः

-भावनाहरूलाई दबाउनुको सट्टा स्वीकार गर्नुपर्छ । यसलाई प्राकृतिक प्रक्रियाको रूपमा लिनुपर्छ । जब यस्तो भावनालाई प्राकृतिक मानिन्छ, नकारात्मक भावनाहरू स्वतः हराउन थाल्छन् । रिस, चिन्ता वा डर जस्ता नकारात्मक भावनालाई पूर्णतया हटाउन सजिलो छैन । आफ्नो रोजाइको हल्का काम गरेर यी भावनालाई सकारात्मक मोड दिन सकिन्छ ।

-नकारात्मक भावना आएको बेला शान्त भएर बस्नुपर्छ । आफ्नो भावना पहिचान गर्ने प्रयास गर्नुपर्छ । सही र गलतको निर्णय विवेकपूर्वक लिनुपर्छ । यसो गर्दा के महसुस गरिरहेको छ भनेर अझ राम्रोसँग बुझ्न मद्दत मिल्छ यो सोच सही कि गलत भनेर ? सही निर्णय लिनेबित्तिकै असहज भावनाहरू स्वतः हट्नेछन् ।

– वरपर घटिरहेका घटना वा परिस्थितिहरूको बारेमा ध्यान दिएमा नकारात्मक भावनालाई सकारात्मक मोड दिन र मूल्यांकन गर्न सहयोग मिल्छ । हामीले आफ्नो सम्पूर्ण ध्यान हामी जहाँ छौं त्यस क्षणमा केन्द्रित गर्नुपर्छ र त्यो क्षणलाई पूर्ण रूपले अनुभव गर्न सक्नुपर्छ । अप्रिय भावनालाई शान्त पार्ने प्राकृतिक गतिविधिले हामीलाई सकारात्मक बनाउँछ ।

-जब हामी विश्वास गर्ने मानिसहरूसँग हाम्रा भावनाहरूको बारेमा खुला रूपमा कुराकानी गर्छौं, यसले त्यसलाई फरक दृष्टिकोणबाट हेर्न मद्दत गर्छ । ठूलाठूला समस्या पनि कुराकानी र अरूको राम्रो सल्लाहबाट समाधान गर्न सकिन्छ ।

-थेरापीले नकारात्मक भावनाबाट बाहिर निकाल्न मद्दत गर्न सक्छ । थेरापीले मानिसलाई उसको भावना बुझ्न र व्यवहार गर्न सहयोग पुर्‍याउँछ । यो असहज भावनाहरूसँग सम्झौता गर्नका लागि राम्रो तरिका हो । थेरापीको लागि मनोचिकित्सकको सल्लाह लिन सकिन्छ ।