• भाद्र २९ २०८१, शनिबार

गोंगबुँ भैरवको मूर्ति निर्माण र सहयोगी हातहरु

भाद्र ११ २०८१, मंगलवार

‘परिकल्पना गर्नु नराम्रो होइन रहेछ
मूर्त रुप लिन समय लाग्दो रहेछ
भित्री मनदेखिको भावना चाहिँदो रहेछ
समय लाग्दैनरैछ सार्थकता पाउन
यहि परिकल्पना र भावनाको साथ
मन जोडिएपछि गोंगबुँ भैरवको आगमन ।’
एकदिन रत्नप्रसाद श्रेष्ठको मोबाइल कल आयो । ‘पूर्ण दाई फुर्सद भए एकछिन पसलमा आउनुस् न, म ढिला नगरी उहाँको पसलमा पुग्थें । उहाँले भन्नु भयो ‘यस उत्तरी भेकमा कहिँ भैरवको मूर्ति छैन जस्तो छ’ गोंगबुँमा एउटा भैरवको मूर्ति बनाई स्थापना गर्ने कि भन्ने प्रश्न गर्नु भयो । मैले हाँसेर ‘हुन्छ नि भनें’ एक दुई पटक यहि विषयमा छलफल भयो, छलफल जारी रहयो ।

त्यही साल टोखा न.पा.मा कार्यक्रम (योजना) पेश गरियो । रु.४,००,००० (चार लाख) विनियोजन भयो । स्थानको खोजी र मूर्ति बनाउनेको खोजी भयो । कैयन प्रयास पछि सितापाइला बस्ने महेश तुलाधर (मूर्तिकार) सँग कुरा गरियो । मूर्ति बनाउन अर्डर गरियो । सो मूर्ति करिव ५०–६० किलोको बनाउने निर्णय भयो तर निर्माण गर्दै जाँदा मूर्ति कलात्मक बनाउँदै जाँदा करिव १०० किलो भन्दा बढिको बन्यो । विनियोजित बजेटले त्यो मूर्ति बन्ने संभव थिएन । के गर्ने कसो गर्ने भन्दै अल्मलियौं । ‘तिमी चिताऊ म पुर्याउँछ’ भन्ने युक्तिसँग मिल्नेगरी टोखा न.पा. वडा नं ११ निवासी समाजसेवी, कवयित्री श्री रेणु अधिकारी हामीसँग जोडिनु भयो । उहाँले ढाडस र प्रोत्साहन गर्नु भयो र भैरवको मूर्ति तयार भयो ।

सहयोगी हातहरू :
काभ्रे नालाका रत्नप्रशाद अनामणी श्रेष्ठ हाल गोंङ्गबुँका बासिन्दा हुन् । उनी एक कुशल व्यापारी हुन् । उनी व्यापार बाहेक कैयन विधामा पोख्तछन् । कला, संस्कृति, साहित्य, सामाजिक कृयाकलाप, रेडक्रस, गीत, संगीत, रचना, हाइकु लेखन, आदि आदि । आफू मात्र हैन आफ्नो संसर्गमा आएका साथीहरुलाई विभिन्न विधामा प्रोत्साहन गर्ने गर्छन् । यसरी हेर्दा बहुमुखी प्रतिभा, बहुआयामिक व्यक्तित्व भन्न सकिन्छ । उनके परिकल्पनाले यो भैरवको मूर्ति निमाएण भएको सत्य हो । यो मूर्ति निर्माणको क्रममा आफ्नो पसल बन्द गरिकन धेरै पटक साथीहरु लिएर मूर्ति निर्माणस्थलमा पुगेको पाएँ । उनको लगनशिलतालाई नमन् गर्नुपर्छ । धन्यवादको पात्र पनि ।

टोखा न.पा. वडा नं ११ महादेवटार निवासी समाजसेवी, लेखिका रेणु अधिकारी ‘मौनता’ज्यूले मूर्ति निर्माणको शुभारम्भदेखि अन्त्यसम्म महत्वपूर्ण योगदान जारी राख्नु भयो । उहाँले मूर्ति अवलोकन पछि मोहित नै हुनुभएको मेरो ठम्याई छ । (उहाँको साथमा कवियत्री तारा केसीपनि परक पटक निर्माणस्थल पुग्नु भएको थियो) ।

उहाँले समितिलाई लगातार उत्प्रेरित गरिरहनु भयो । यस्को बाबजुद उनकै पहलमा टोखा नपाका मेयर श्री प्रकाश अधिकारी, वडा ९ का अध्यक्ष रामभक्त घिमिरे, वडा सदस्य श्री नविन महर्जन समेतलाई लिएर मूर्ति निर्माणस्थलमा मूर्ति अवलोकन गराउनु भयो । माथि उल्लेख विवरण बाहेक उहाँ टोखा नपाका मेयरका धर्मपत्नी पनि हुनुहुन्छ । उहाँलाई पनि नमन्न गर्दछ । यसैगरि सहयोगी हातहरु मध्ये टोखा नपाका मेयर श्री प्रकाश अधिकारी हुनुहुन्छ ।

उहाँले मूर्ति निर्माण भैरहेको स्थलसम्म पटक पटक पुगी समितिलाई हौसला दिँदै आउनु भएको मात्र हैन निर्माण भएको मूर्ति गोंगबुँसम्म ल्याएको दिन दिन भर नै कृयाशिला रहनु भयो । उहाँ एक राजनीतिक व्यक्तित्व मात्र हैन, टोखा कला संस्कृतिको उत्थानमा लागि रहने एक साँस्कृतिक धरोहर पिन हो । अर्का सहयोगी हातहरुमा टोखा नपा ९ का वडाध्यक्ष श्री रामभक्त घिमिर हुनुहुन्छ । जस्ले मूर्ति निर्माणको लागि वडाबाट सिफारिस गर्नेदेखि लिएर एक उत्प्रेरकको रुपमा रहनु भएको पाएँ ।

एकदिन टोखा नपाका मेयरबाट तोक आदेश भै प्रमुख प्रशासकीय अधिकृतबाट स्वीकृत भएर तत्कालिन आर्थिक प्रशासन प्रमुख कहाँ पेश भयो । उहाँले सो मूर्ति कहाँ, कुन स्थानमा स्थापना गर्ने हो ? वडाबाट लेखेर ल्याउनु भन्नु भयो । तत्कालै रत्न दाईले फोन गर्नु भयो । वडाध्यक्षले तत्कालै आर्थिक प्रशासन प्रमुखलाई फोन गरि उक्त मूर्ति वडा कार्यालयमै राख्ने हो भने पछि बल्ल रकम स्वीकृत भयो । त्यो जोखिम उहाँले नलिई दिनु भएको भए सायद के हुन्थ्यो भन्न सकिन्नथ्यो । अतः उहाँ अति सजिलो, व्यवहारिक र हिम्मत भएको र यथाशिघ्र निर्णय लिनसक्ने पात्र मान्नु पर्छ । यस्तो पात्र वडाको बासिन्दाले हत्तपत्त पाउन्न होला । अतः उहाँको राजनैतिक भविष्यको लागि कामना गर्दछु ।

सहयोगी हातमध्ये आर्थिक पाटोसँग सम्बन्धित भएपनि मूर्तिकार श्री महेश तुलाधर, हाल सितापाइला पचलीभैरव स्थानमा बसोवास गरि आएका उनले नेपालका विभिन्न स्थानहरुमा हरेक किसिमका मूर्ति निर्माण गरिदिएको पाएँ । उनी एक कुशल र ख्याती प्राप्त मूर्तिकार पनि हो भन्न म हिचकिच्याउन्न । उनी मात्र हैन उनका पिता श्री बालकृष्ण तुलाधर पनि ख्याती प्राप्त मूर्तिकार भएको ज्ञात भयो । उनका पिताले नै सहिद गेटको सहिद कद बनाएका रहेछन् ।

महेश तुलाघरले धेरै धेरै मेहनतका साथ यो भैरवको मूर्ति ६ महिना लगाएर उच्चस्तरको मूर्ति बनाएकोले उनलाई पनि नमन गर्दछु । अन्त्यमा नाला निवासी पूर्वसेनानी टेकबहादुर बजगाईंलाई पनि स्मरण गर्न चाहन्छु । यसरी नै संसाक मासिकका सम्पादक श्री उमेश पाण्डेज्यूले यस भैरव सम्बन्धि प्रचार प्रसार गर्नुको साथै हामीलाई साथ सहयोग गर्नु भएकोमा विशेष धन्यवाद अर्पण गर्दछु ।

२०८० असार ३० गतेका दिन समितिका पदाधिकारीहरू, टोखा नपाका मेयर प्रकाश अधिकारी, वडा नं ९ का अध्यक्ष रामभक्त घिमिरे, पूर्वअध्यक्ष जेपी नेपाल, उमेश पाण्डे, रेणु अधिकारी लगायत मूर्ति निर्माणस्थल पुगी भैरवको पुजाआजा गरि भव्य कार्यक्रम गरिएको थियो भने सो कार्यक्रमा स्थानिय धर्मालम्बीहरू गरि करिव १०० जना भन्दा बढीलाई टिका, प्रसाद र खादा लगाई दिनुका साथै नेवारी परम्परा अनुसार समेवजी (प्रसाद) वितरण गरिय पश्चात सो भैरवको मूर्ति गाडीमा सजाएर टोखा ९ को कार्यालयमा विरजमान गराइयो ।

मुक्त भैरवको मूर्ति निर्माणको लागी टोखा नपाबाट रु. ४,००००० र थप, १,५०००० गरि ५,५०००० र समितिको ५५००० गरी र ६०५००० मा तयार गरिएको मूर्ति वडा कार्यालय नजिकैको वडा कार्यालयबाट निर्माण गरिएको फल्चास्थित धोःछेंमा उत्तरान्मुख पारि भव्य पुजा आजा गरि भैरवलाई सारियो ।

मूल समिति गठन :
उक्त भैरवको पूजाआज र संरक्षण तथा सम्बद्र्वन गठन गर्न एक मूल समिति गरिएको छ । उक्त समितिको अध्यक्षमा श्री नानीकाजी (मचाकाजी) महर्जन, उपाध्यक्षहरुमा रत्नप्रसाद अनामणी श्रेष्ठ, मंगलमाया प्रजापती, र नारायण महर्जन, सदस्य सचिवमा पूर्णनारायण मानन्धर, कोषाध्यक्षमा निरञ्जन सेढाईं, सचिवमा सत्यलक्ष्मी महर्जन, उपकोषाध्यक्षमा सुमिता महर्जन, सदस्यहरुमा पञ्चनारायण महर्जन, श्यामकृष्ण प्रजापती, रामकृष्ण महर्जन, सुनिलकुमार महर्जन, रिदेश लालसिंह महर्जन र रविनराम श्रेष्ठ रहनु भएको छ । यहि समितिले २०८१ असार ३० गते एक कार्यक्रम गरि पुजा, आया गरेको थियो । उक्त कार्यक्रममा समितिका पदाधिकारीहरु सदस्यहर र टोलका गन्यमान्यजनको उपस्थित थियो । र नेवारी परम्परा अनुसार समयवभी वितरण गरिएको थियो ।

विराचमान गरिएको भैरवको लागि आसन, मण्डप, मटू, इली, तोरण छेपु, पात्र आदि निर्माण गर्न शेष रहेकोले यस वर्ष टोखा नपामा आर्थिक कार्यक्रम वडामार्फत् पेस गरिएको छ । सो सम्पन्न पश्चात २०८१ सालको आश्विन महिनामा ४ जना बज्राचार्य (गुभाजु) द्वारा तान्त्रिक विधि अनुसार, होम गरी पूजाआजा गरि उक्त गोङ्गबु भैरवको प्राण प्रतिष्ठा गरिने भएको छ ।

आगामी लक्ष्य :
मूल समितिले स्थापित भैरवको पुजाआजा त गर्ने नै भयो । यस बाहेक शुभेच्छुक धर्मालम्बीहरुको सहयोगमा १, मूर्ति स्थापना भएको दिन २, ईन्द्रजात्राको दिन ३, भैरव अष्टमीको दिन । यी ३ दिनमा नेवारी परम्परा, संस्कृति अनुसार पुजाआजा गरि समेबजी राखी प्रसाद वितरण गर्ने लक्ष्य राखिएको छ । यसलाई निरन्तरता दिनेछ । अन्त्यमा कला, संस्कृति जगर्ना गर्न विभिन्न धर्मावलम्बी तथा शुभेच्छुक र टोलवासीहरुको हातेमालो को लागि समिति अनुरोध गर्दछ । यो भैरव गोंगबुँ को हो । त्यसैले टोलवासीहरूले नै संरक्षण गर्नुपर्छ, यहि हाम्रो धर्म हो, हामीले नगरे कस्ले गर्ने ?

पुनश्च :
निर्माण समितिमा रत्नप्रसाद श्रेष्ठ अध्यक्ष, पूर्णनारायण मानन्धर उपाध्यक्ष, सचिवमा ईश्वरीप्रसाद भट्ट, कोषाध्यक्षमा निरञ्जन सेढाईं, सदस्यहरुमा द्वारीकादास मानन्धर, मचाकाजी महर्जन र महेन्द्र श्रेष्ठ रहेका थिए । निर्माण पश्चात् सो समिति विघटन गरिएको छ ।