• भाद्र २९ २०८१, शनिबार

राती बत्ती बालेर सुत्ने बानी छ,आजैदेखि त्याग्नुहोस् 

भाद्र ११ २०८१, मंगलवार

काठमाडौं । धेरै जनाको राती बत्ती बालेर सुत्ने बानी हुन्छ। एक अध्ययनमा भनिएको छ कि राति बत्ती बालेर सुत्नाले हाम्रो स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ ।

बत्ति बालेर सुत्दा निम्तिन सक्छन् यस्ता समस्याहरू:
डिप्रेसन: बत्ती बालेर सुत्नुलाई डिप्रेसनसँग जोडिएको छ । इलेक्ट्रोनिक उपकरणहरूबाट निस्किएकाे निलो प्रकाशले तपाईंको मुडमा सबैभन्दा खराब प्रभाव पार्न सक्छ । निन्द्राको कमीले पनि चिडचिडापन निम्त्याउन सक्छ । पर्याप्त निद्रा नपुगेका बालबालिका बढी हाइपरएक्टिभ हुन सक्छन् ।

मोटोपना: महिलाहरूमा गरिएको एउटा अध्ययनले टिभी वा बत्ती बालेर सुत्नेहरूमा मोटोपना बढी हुने गरेको पाइएको छ । अध्ययन सहभागीहरूले पनि १७ प्रतिशतले १ वर्षमा लगभग ११ पाउन्ड माेटोपना बढेकाे थियाे ।

दुर्घटनाहरू: पर्याप्त गुणस्तरीय निद्रा नपाउँदा अर्को दिन तपाईँलाई कम सतर्क बनाउँछ । यदि तपाईँ कार वा अन्य प्रकारको मेसिनरी चलाउनुहुन्छ भने यो विशेष गरी खतरनाक हुन सक्छ ।

कस्तो बेला बत्ती बालेर सुत्नुको फाइदा छ ?
यदि तपाईँ दिनको समयमा छिटो निन्द्रा लिने प्रयास गर्दै हुनुहुन्छ र सुत्न चाहनुहुन्न भने बत्ती बालेर सुत्नु फाइदाजनक हुन सक्छ ।राती बत्ती र अन्य प्रकाश स्रोत साना बच्चाहरूका लागि उपयोगी हुन सक्छन् जो अँध्यारोसँग डराउँछन् । बच्चाहरू बढ्दै जाँदा, तिनीहरूले राम्रो निद्रा प्राप्त गर्न सकुन् भनेर तिनीहरूलाई राति प्रकाश स्रोतहरूबाट छुटाउन सुरु गर्न महत्त्वपूर्ण छ ।

समग्रमा, बत्ती बालेर सुत्ने जोखिमहरू कुनै पनि सम्भावित फाइदाहरू भन्दा बढी छन् । साथै, मिठो निन्द्राको लागि आफ्नो ओछ्यानलाई झ्यालबाट टाढा राख्ने र प्रकाश-ब्लकिङ विन्डो शेडहरू प्रयोग गर्ने गर्न सकिन्छ । यसको साथै आखाँमा लगाउने स्लिप मास्क लगाएर सुत्न पनि सकिन्छ । साथै टेलिभिजन, स्मार्टफोन, ट्याब्लेट र ल्यापटप प्रयोग गर्दै सुत्ने बानी हटाउनु पनि जरुरी छ । बेलुका सुत्ने समयभन्दा कम्तीमा दुईदेखि तीन घण्टाअघि यस्ता कुनै पनि प्रकारको कृत्रिम प्रकाशबाट टाढा रहनुहोस् ।