काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २०८१ साल भदौ ११ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
मंगलबार अमेरिकी डलरको विदेशी विनिमय दर बढ्दा कतारी रियालको खरिद दर स्थिर छ भने बिक्री दर बढेको छ । आज यूरो र अमेरिकी डलरको विनिमय दर भने घटेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९५ पैसा र बिक्री दर १३४ रुपैयाँ ५५ पैसा पुगेको छ।
युरो एकको खरिद दर १४९ रुपैयाँ ५६ पैसा र बिक्री दर १५० रुपैयाँ २३ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ ६० पैसा र बिक्री दर १७७ रुपैयाँ ३९ पैसा पुगेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७३ पैसा र बिक्री दर ३६ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।