• मंसिर १२ २०८१, बुधबार

कांग्रेस–एमालेबीचको सहमति कार्यान्वयन नभए मुलुक संकटमा पर्छ : गृहमन्त्री लेखक

भाद्र ७ २०८१, शुक्रबार

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संसदका दुई ठूला दल कांग्रेस र एमालेबीच भएको सहमति कार्यान्वयन नभए मुलुक संकटमा फस्ने बताएका छन् ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय धनुषाको नयाँ भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले मुलुकमा राजनीतिक अस्थिरता, आर्थिक समृद्धि र शिथिल भएको अर्थतन्त्रलाई क्रियाशील बनाउन कांग्रेस–एमाले मिलेको बताए ।

‘संसदमा कुनै पनि दलको बहुमत भएन । साना–साना दल मिलेर बनेको सरकार अस्थिर रह्यो । संघमा सरकार फेरिपछि सातै प्रदेशमा सरकार फेरिने परिपाटी बन्यो । त्यसैले कांग्रेस–एमाले मिलेर स्थिर सरकार बनाएका हौँ,’ उनले भने ।

उनले कांग्रेस र एमाले पहिलोपटक मात्रै नमिलेको बताए । ‘कांग्रेस–एमाले पहिलोपटक मिलेको होइन । यसअघि पनि मुलुकमा भएका विभिन्न समस्यालाई सम्बोधन गर्दै अगाडि बढाउने काम भएको छ,’ उनले भने ।