• मंसिर १२ २०८१, बुधबार

निरन्तर बढिरहेको विदेशी मुद्राको विनिमय दर आज कति ?

भाद्र ७ २०८१, शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २०८१ साल भदौ ७ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

बिहीबार बढेको विदेशी मुद्राको विनिमय दरले शुक्रबारसमेत निरन्तरता पाएको छ । शुक्रबार अमेरिकी डलर, यूरो, बेलायती पाउण्ड र कतारी रियालको विदेशी विनिमय दर बढेको हो ।

अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०३ पैसा र बिक्री दर १३४ रुपैयाँ ६३ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४९ रुपैयाँ २४ पैसा र बिक्री दर १४९ रुपैयाँ ९७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७५ रुपैयाँ ७६ पैसा र बिक्री दर १७६ रुपैयाँ ५५ पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।