६ भदौ, काठमाडौं । साताको कारोबारको अन्तिम दिन पनि सेयर बजारमा उच्च उतारचढाव देखियो । दिउँसो १२ः४६ बजे बजार परिसूचक नेप्से ३०१८ अंकसम्म पुगे पनि ३ हजारमाथि टिक्न सकेन । अन्ततः बजार २०७४ अंकमा रहेर बन्द भयो ।
अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक जम्मा ६.०१ अंक बढेको हो । कारोबार रकममा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन १८ अर्ब ९० करोडको कारोबार भएकोमा यस दिन १९ अर्ब १६ करोडको भयो । १३२ कम्पनीको मूल्य बढ्दा १०९ को घट्यो भने ३ को स्थिर रह्यो । विकास बैंक समूहमा उल्लेख्य आकर्षण देखियो ।
सो समूहको सूचक ४.५ प्रतिशत बढ्यो । बैंकिङ ०.१७, फाइनान्स १.२३, होटल तथा पर्यटन १.३१, हाइड्रोपावर ०.५५, जीवन बीमा ०.२८ प्रतिशत बढे । ब्यापा
तारागाउँ रिजेन्सी, नारायणी विकास बैंक, ज्योति विकास, कर्पोरेट डेभलपमेन्ट, सिन्धु विकास, सप्तकोशी विकास र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै ग्रीन डेभलपमेन्टको ८.१५, महालक्ष्मी विकास बैंकको ६.८ प्रतिशत बढ्यो ।
बोटलर्स नेपाल बालाजुको मूल्य ३.९, राष्ट्रिय बीमा कम्पनीको ३.७, सगरमाथा जलविद्युतको ३.७ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा साइन रेसुङ्गा विकास बैंक, अरुणभ्याली हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, ज्योति विकास बैंक र अपी पावर क्रमशः अगाडि रहे ।