काठमाडौं । राप्रपाका सांसद दिपक सिंहले भ्रष्टाचारमा पाँच वर्षको हदम्याद आफ्नो पार्टीले नमान्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद सिंहले ठूलो रकम घोटला भएको प्रकरणलाई वैध बनाउन विधेयक आएको बताएका हुन् ।
‘ललिता निवास, बाल मन्दिर, गिरीबन्धु टी–स्टेटलगायतका अर्बौं ब्रम्हलुट गरेको छ । त्यसलाई पास गर्ने नियतले ल्याउन गइरहेको छ । यही दिनका लागि राजालाई फ्याँकेको हो ? यस्तो विधेयक सदनमा उठ्नु पनि घोर अपराध हो,’ उनले भने ।