• मंसिर १२ २०८१, बुधबार

झिनो अंकले बढेको नेप्से आज के होला ?

भाद्र ६ २०८१, बिहीबार

काठमाडौं।   नेपाल स्टक एक्सचेन्ज (नेप्से) हिजो बुधबार झिनो अंकले बढेको छ ।

धेरै कम्पनीको शेयर मूल्य घट्दा पनि बुधबार नेप्से बढेको थियो ।

नेप्से झिनो अंकले बढ्दा २९६८.४४ विन्दुमा पुगेको थियो भने कारोबार पनि करिब १९ अर्बको भएको थियो । बुधबार दिनभरमा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार रुपैयाँ बराबरको ४ करोड १४ लाख ५६ हजार ६११ कित्ता शेयर किनबेच भएको थियो ।