• मंसिर १२ २०८१, बुधबार

आज बिहिबारको विदेशी मुद्राको विनिमय दर,कुन देशको कति ?

भाद्र ६ २०८१, बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २०८१ साल भदौ ६ गते बिहीबारका लागि  विदेशी मुद्राको विनिमय दर तोकेको छ।

बिहीबार अमेरिकी डलर, यूरो, बेलायती पाउण्ड र कतारी रियालको विदेशी विनिमय दर बढेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९८ पैसा र बिक्री दर १३४ रुपैयाँ ५८ पैसा पुगेको छ।
युरो एकको खरिद दर १४८ रुपैयाँ ९१ पैसा र बिक्री दर १४९ रुपैयाँ ५८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७४ रुपैयाँ ६० पैसा र बिक्री दर १७५ रुपैयाँ ३८ पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७४ पैसा र बिक्री दर ३६ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।