• मंसिर ११ २०८१, मंगलवार

नियमित खोकी लाग्नुका कारण

भाद्र ५ २०८१, बुधबार

लगातार खोकी लाग्नुका अरु पनि कारण हुन सक्छन् जस्तै ः

-चिसो र प्रदूषणको कारण फ्लु वा एलर्जीको समस्याले सताउने गर्छ । यस्तो अवस्थामा खोकी लाग्ने, घाँटी दुख्ने समस्या देखिन्छ । भाइरल इन्फेक्सनको एक कारण सुख्खा खोकी पनि हो ।

-दम एवं अस्थामाको कारण पनि खोकी लाग्न सक्छ । यस्तो अवस्थामा सास फेर्न गाह्रो हुने र स्वाँस्वाँ हुने समस्या देखिन्छ । निरन्तर खोकी लागिरहनु र श्वासप्रश्वासमा समस्या हुनु दमको लक्षण हुनसक्छ ।

-यो संक्रमणको कारणले हुने समस्या हो । र, संक्रमण व्याक्टेरिायाको कारण हुन्छ । यस्तो व्याक्टेरिया शरिरका सबै अंगमा प्रवेश गर्छ र रोगबाट ग्रसित पार्छ । यस्तो समस्या प्रायः फोक्सोमा हुने गर्छ । यसले पनि अत्याधिक थकानको महशुस गराउने, तौल घटाउनुका साथै लामो समयसम्म खोकी लाग्ने समस्या हुन्छ । खोकीमा कफ र रगत देखिएमा त्यो क्ष्यरोगको लक्षण पनि हुन सक्छ ।

-तीन हप्ता वा त्योभन्दा बढी समय कफसहितको खोकी लागेमो फोक्सो क्यान्सरको लक्षण पनि हुन सक्छ । यसको शुरुवाती १५ प्रतिशत कारण आम हो । अत्याधिक धुम्रपान सेवनकर्ताले यसको उच्च जोखिममा हुन्छन् ।

यस्ता मानिसलाई तीन हप्ताभन्दा बढी लगातार खोकी लााग्ने, विस्तारै खोकीसँगै रगत देखा पर्न थालेमा क्यासर हुन सक्छ । यस्तो क्यान्सरको कारण विनाकारण ह्वात्तै तौल घट्ने, अत्याधिक थकानको महशुस हुने, सुत्दा दुख्नेलगायतको समस्या पनि हुने गर्छ ।