• भाद्र २९ २०८१, शनिबार

यस्ता छन् ड्रेगन फ्रुटको फाइदा

भाद्र ५ २०८१, बुधबार

ड्रेगन फ्रुटको वैज्ञानिक नाम हिलोकेरेस अंडटस हो । यो फल आजभन्दा पहिले दक्षिण अमेरिका हुँदै नेपालमा पनि प्रसस्त मात्रामा पाइन्छ ।

ड्रेगन फ्रुट दुई प्रकारको हुन्छ, सेतो र रातो । यो फल क्वींसलैंड, पश्चिमी अस्ट्रेलिया र न्यू साउथ वेल्समा पनि उत्पादन गर्ने गरिन्छ । ड्रेगन फ्रुटका फाइदा निम्न अनुसार छन् :

मधुमेह रोग:
ड्रेगन फ्रुटमा प्राकृतिक भिटामिन पाइन्छ । यो फल एन्टीअक्सिडेंटले भरपुर छ । अन्य तत्वहरू फ्लेवोनोइड, फेनोलिक एसिड, एस्कार्बिक एसिड र फाइबर हुन्छ । यी सबै तत्वले मधुमेहलाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्दछन् । मधुमेह भएका र नभएका दुवैलाई यो फल बहुउपयोगी छ ।

हृदय रोग:
हृदय सम्बन्धी रोगबाट बचाउन समेत यो फलको राम्रो भूमिका छ । यसमा पाइने तत्वले हृदय सम्बन्धी रोगबाट लड्न मद्दत गर्दछ ।

कोलेस्ट्रल नियन्त्रण गर्न:
ड्रेगन फ्रुट कोलेस्ट्रोल नियन्त्रण गर्न एकदमै महत्वपूर्ण मानिन्छ । मानव स्वास्थ्यलाई खराब बनाउन कोलेस्ट्रोलको भुमिका ठूलो छ । कोलेस्ट्रोल बढ्नाले हृदयघात जस्तो खतरा निम्तिन सक्छ ।

बाथ रोग:
बाथ रोग पनि हिजोआज जटिल रोगको श्रेणीमा पर्दछ । यो रोग लागेमा हिडडुल गर्न समेत कठिन हुने गर्दछ । यो रोगमा समेत ड्रेगन फ्रुट सेवन गर्दा राम्रो फाइदा गर्दछ । ड्रेगन फ्रुटमा एन्टीअक्सीडेंट पाइने हुनाले बाथ रोगमा राम्रो फाइदा गर्दछ ।

पेटको रोग:
ड्रेगन फ्रुटको सेवन पेटको रोगीले गर्दा पाचनतन्त्रमा सुधार हुनुको साथै कब्जियत समेत हटाउँछ । खानामा रूचि जाग्ने हुनाले पेटका लागि पनि यसको महत्व ठूलो छ । एजेन्सी