• मंसिर १२ २०८१, बुधबार

मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त

भाद्र ४ २०८१, मंगलवार

देउखुरी (दाङ), ४ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन । उनले गत साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री आचार्यले ७० मत प्राप्त गर्नुभएको हो । उहाँको विपक्षमा ११ मत परेको सभामुख तुलाराम घर्तीमगरले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशसभामा ८७ जना सदस्य हुनुहुन्छ ।