• बैशाख ९ २०८२, मंगलवार

रक्षा गरेन रक्षाबन्धनले : रक्षाबन्धन बाँधेर घर फर्किरहेको बस दुर्घटना, १० जनाको मृत्यु

भाद्र ३ २०८१, सोमबार

नयाँदिल्ली । भारतको उत्तरप्रदेशस्थित बुलन्द शहरमा सडक आइतबार भएको सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ । आइतबार सो शहरको सलेमपुर–बदौन सडकमा बस र म्याक्स पिकअप गाडी ठोक्किदा १० जनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन् । दुर्घटनामा परेर अन्य २७ जना घाइते भएका छन् ।

उनीहरु भोलिको रक्षाबन्धनका अवसरमा घर फर्किरहेको अवस्थामा दुर्घटनामा परेका बुलन्द शहरका जिल्ला अधिकारी सीपी सिंहले जानकारी दिए ।