काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि आवेदन माग गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै सहायक निर्देशक पदमा (३४ जना), सहायक पदमा (१३ जना) र सहायक सूचना प्रविधिपदमा ५ जनाको आवेदन माग गरेको हो । सहायक निर्देशक पदका लागि स्नातकोत्तर, सहायक पदका लागि जोड दुई र सूचना प्रविधि सहायकका लागि कम्प्युटर विज्ञानका डिप्लोमा पास गरेको हुनुपर्नेछ । बैंकमा रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरूबाट मिति २०८१ साउन ३२ देखि विद्युतीय माध्यममार्फत् दरखास्त फाराम पेस गर्न आव्हान गरिएको हो ।