उच्च आर्द्रता र अधिक गर्मीले कपालको स्वास्थ्यलाई प्रभावित गर्दछ ।
अत्यधिक आर्द्रताका कारण कपाल तन्किन्छ भने अत्यधिक गर्मी र घामका कारण कपाल कडा र फुङ्ग देखिन थाल्छ । गर्मीको मौसममा समेत कपाललाई स्वस्थ, चम्किलो र सुन्दर बनाउन यसलाई नियमित रूपमा धुनु र राम्ररी सुकाउनु अति आवश्यक छ । यसले गर्मीमा आर्द्रताका कारण कपाललाई हुने क्षतिलाई कम गर्छ ।