काठामाडौं । सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव परेको छ ।
लगातार उकालो लागेको सुनको मूल्यमा मंगलबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि सोमबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार सात सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।