• मंसिर १२ २०८१, बुधबार

फरार प्रतिवादीबाट एक वर्षमा रु. छ करोडभन्दा बढी राजस्व सङकलन

श्रावण २९ २०८१, मंगलवार

सुनसरी, २९ साउन । गत आर्थिक वर्ष २०८०–८१ मा फरार प्रतिवादीबाट सुनसरीमा रु. छ करोडभन्दा बढी राजस्व सङकलन भएको छ । जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको फरार प्रतिवादी नियन्त्रण अभियानअन्तर्गत सो आवमा रु. छ करोड ६६ लाख ३० हजार नौ सय ९१ राजस्व तथा जरिवानाबाट असुल भएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

फैसला कार्यान्वयनमा फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने क्रममा प्रहरीले एक सय ४५ जना प्रतिवादीलाई नियन्त्रणमा लिँदा एक सय ९३ वर्ष छ महिना छ दिन कैद भुक्तानी भएको छ भने राजस्व तथा जरिवानाबाट रु. छ करोड ६६ लाख ३० हजार नौ सय ९१ असुल भएको प्रनाउ भण्डारीले जानकारी दिए ।