• मंसिर १२ २०८१, बुधबार

यस्तो छ आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

श्रावण २९ २०८१, मंगलवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २०८१ साल साउन २९ गते मंगलबारका लागि  विदेशी मुद्राको विनिमय दर तोकेको छ।
मंगलबार अमेरिकी डलर, बेलायती पाउण्ड र यूरोको विदेशी विनिमय दर बढेको छ । कतारी रियालको खरिद दर स्थिर हुँदा बिक्रीदर बढेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०६ पैसा र बिक्री दर १३४ रुपैयाँ ६६ पैसा पुगेको छ।
युरो एकको खरिद दर १४६ रुपैयाँ ४१ पैसा र बिक्री दर १४७ रुपैयाँ ०६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ०९ पैसा र बिक्री दर १७१ रुपैयाँ ८६ पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।