• मंसिर १२ २०८१, बुधबार

३० महिनायताकै उच्च विन्दुमा पुग्यो नेप्से, कारोबार रकम २७ अर्ब नाघ्यो

श्रावण २८ २०८१, सोमबार

काठमाडौं । लगातार बढिरहेको शेयरबजारले सोमबार पनि निरन्तरता पाएको छ । हालसम्मकै उच्च कारोबार भएको दिन बजारमा पनि उच्च अंकले बढेको छ । कारोबार रकममा हालसम्मकै उच्च रहेको छ ।

अलटाइम रेकर्ड कारोबार भएको दिन सोमबार ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता शेयर २७ अर्ब २४ करोड २० लाख रुपैयाँ बराबरमा किनबेच भएको छ । यसअघि आइतबार २५ अर्ब २७ करोडको कारोबार भएको थियो ।

२० कम्पनीको शेयरमूल्य सर्किट लेभलमा वृद्धि हुँदा बजार मापक परिसूचक नेप्से ७०.८१ अंकले बढेर २९३१.३५ अंक पुगेको छ । यो अंक पछिल्लो ३० महिनायताकै उच्च हो ।

सोमबार १७१ कम्पनीको शेयरमूल्य बढेको छ भने ६८ कम्पनीको घटेको छ । यस्तै तीन कम्पनीको मूल्य यथावत रहेको छ ।
सोमबार बैंकिङ २.९५, विकास बैंक ३, फाइनान्स ४ं८१, होटल तथा पर्यटन २.९४, हाइड्रोपावर ३.४३, जीवन बीमा ५.८५, माइक्रोफाइनान्स १.०८, निर्जीवन बीमा २.९७, अन्य १ र ब्यापार उपसमूह ४.१३ प्रतिशतले बढेको छ ।