काठमाडौं । साउन महिनाको आज अन्तिम सोमबार काठमाडौंसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ । साउनमा हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरूले अन्तिम सोमबार विधिपूर्वक व्रत समापन गर्छन् ।
साउने सोमबारको पूजाआजा गर्न पशुपतिनाथ मन्दिरलगायत शिवालयमा दर्शनार्थीहरूको भिड लागेको छ । साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि शिवालयमा धेरै भक्तजनको घुइँचो लाग्ने गर्दछ । काठमाडौंको सामाखुसीस्थित मन्दिरमा पनि पूजाआजाका लागि दर्शनार्थीको भिड लागेको छ ।