छातीमा पानी जम्ने ३ कारण यस्ता छन् ः
-शरीरको कुनै अंगले राम्रोसँग काम गर्न नसक्दा फोक्सोमा पानी वा तरल पदार्थ जम्मा हुनसक्छ । मुटु, मिर्गौला वा कलेजो फेल हुनु यसको मुख्य कारण हुनसक्छ । लिभर सिरोसिस भएमा पनि फोक्सोमा पानी जम्मा हुनसक्छ ।
-प्लुराको संक्रमण भयो भने पनि छातीमा पानी जम्छ । प्लुरामा धेरै मात्रामा देखा पर्ने संक्रमण भनेको क्षयरोग र निमोनिया नै हो ।
-छातीमा पानी जम्ने तेस्रो कारण फोक्सोको क्यान्सर हुनसक्छ । यसको आशंका गर्न प्रभावित व्यक्तिको उमेर समूह र धुम्रपान गर्ने बानीको विश्लेषण गर्नुपर्छ । साथै मिर्गौलाको समस्या, कलेजोसम्बन्धी दीर्घरोग, विभिन्न खाले बाथरोगमा पनि छातीमा पानी जम्ने समस्या देखा पर्छ ।