• मंसिर ११ २०८१, मंगलवार

च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी गर्दै सावित्री खत्री

श्रावण २७ २०८१, आईतवार

कठमाडौं । पर्वतको जलजला गाउँपालिका–८, फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेती गर्छिन् । यसबाट मनग्य आम्दानी गर्न उनी सफल भएकी छन् । विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि १० लाखभन्दा बढी आम्दानी गर्दै आएकी छन् ।

तीनवटा गुम्वज टनेलमा उत्पादित कन्ये र गोब्रे च्याउ बागलुङ, म्याग्दी र कुश्मा बजारमा खपत हुने गरेको सावित्री बताउँछिन् । ‘च्याउखेतीबाट भएको आम्दानीले उत्साहित छु, बजारको समस्या छैन,’ उनी भन्छिन् । गोब्रे च्याउ प्रतिकिलो पाँच सय र कन्ये दुई सयमा बिक्री हुने उनले बताइन् ।

कच्चा पदार्थसहितका साम्रगी तयार गरेकी खत्रीले सात रोपनी जमिनमा मौसमअनुसार काँक्रो, घिरौला, बोडी, सिमी, करेला, भेण्टा, खुर्सानी, धनिया पनि उत्पादन गर्दै आएकी छन् ।

‘हाइटेक टनेलमा बाह्रै महिना च्याउखेती गर्ने लक्ष्य छ, च्याउखेतीका लागि गाउँका किसानलाई सहायोग गर्ने गरेकी छुु, उनी भन्छिन् । श्रीमानको सहयोगमा उत्पादित सागसब्जी बजार पुर्याउने गरेको उनले सुनाइन् ।

जलजलामा व्यावसायिक रूपमा लाग्ने किसानको आर्कषण बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताए ।’ गाउँपालिकाले पनि प्रोत्साहन गरिरहेका छन् ।