• मंसिर ११ २०८१, मंगलवार

अम्बा खानुका फाइदै फाइदा

श्रावण २६ २०८१, शनिबार

असार साउनदेखि बजारमा पाइने अम्बा स्वास्थ्यका लागि निकै फाइदाजनक छ । यसमा भिटामिन ए,बी तथा सी पाइन्छ । अपच, ग्यास्टिक आदिका लागि अम्बा निकै लाभदायी मानिन्छ ।

अम्बा केवल स्वादका लागि मात्रै प्रयोग नभई यसको सेवनले शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउने समेत गर्दछ ।

दैनिक २ वटा मध्यम आकारका अम्बाले नै भिटामिन सि को कमीलाई हटाउँछ । फोलिक एसिड, विटामिन बी-९ले भरिएको अम्बा गर्भवती महिलाहरुका लागि लाभदायक हुन्छ ।

पायल्स रोगीलाई राहत दिन्छ हरेक बिहान खाली पेटमा अम्बा खानाले कब्जियतको समस्या कम हुन्छ। झाडापखाला रोक्छ अम्बा खानाले पेटमा भएको इन्फेक्सन र ब्याक्टेरिया नाश हुने भएकाले झाडापखाला लागेको बेला अम्बा खानाले लाभ मिल्छ।

दिमाग तेज बनाउँछ अम्बामा पाइने भिटामिन–बी ३ र भिटममिन–बी ६ले दिमागमा रक्तसञ्चार बलियो बनाउँछ, जसले गर्दा दिमाग स्वस्थ र तेज बन्छ। थाइराइडबाट जोगाउँछ अम्बामा कपर पाइन्छ, जसले थाइराइड प्रणालीलाई सन्तुलनमा राखी थाइराइडबाट निस्किने रसायनको घटबढबाट हुने रोग लाग्ने जोखिम कम गर्छ।