ज्योतिषशास्त्र अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । भूमिमा नागदेवताको बसोबास हुने भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा घरको जग राख्नु शुभ मानिदैंन ।
कालसर्प योग हुनेहरुले नागपञ्चमीको दिन नागको पुजा गरेर लाभ लिन सक्नु हुन्छ । कालसर्प योगको सम्बन्ध नागसँग भएकोले पनि नागपञ्चमीमा शाश्त्रीय विधिअनुसार नागको पुजा गरेर कालसर्प योगको निवारण गर्ने गरिन्छ ।
१. कुण्डलीमा कालसर्प दोष छ वा सपनामा सर्पहरु मात्रै देखिने, घरमा नागदोष छ भने नागपञ्चमीको दिन नागको विशेष पूजा गरी व्रत बस्न सकिन्छ।
२. नागपञ्चमीको दिन शिवलिङ्गमा नागलाई सम्झेर जल, पञ्चामृत चढाएर विशेष पूजा गर्न सकिन्छ वा छुट्टै घर बाहिर पनि ८ वा २ वटा नाग बनाएर पूजा गर्न सकिन्छ।
३. नागपञ्चमीका दिन पूजा गरिएको नागलाई साझै हुनुअघि मन्दिर वा नदीमा विसर्जन गरेर घरमा आएर स्नान गरेर मात्र साझ बत्ती बाल्नुपर्छ
४. नागपञ्चमीका दिन व्रत बस्नेले नुन, तेल खानु हुदैन। जल फलफूल मात्र खाएर व्रत बस्नुपर्छ।
५. नागपञ्चमीका दिन शिवलिङ्गमा अभिशेष र पूजा गर्दा ॐ नागेन्द्रहाराय नमः मन्त्र जाप गर्दै गर्न सकिन्छ ।
यदि पूजा गर्न सम्भव नभएमा नागसँग सम्बन्धित मन्दिरहरु, खोलानाला , धार्मिक स्थलहरुको दर्शन गर्न सक्नुहुन्छ । यसरी पनि कालसर्प दोषको प्रभावलाई केही हदसम्म कम गर्न सकिन्छ । त्रिपिण्डी श्राद्ध, मृत्युञ्जय जप, नागपूजा गर्ने गरिन्छ । एजेन्सी