स्वास्थ्य विशेषज्ञका अनुसार लामो समयसम्म राखेको अचारले तपाईंको शरीरमा क्यान्सर जस्ता रोगहरू बढाउन सक्छ ।
लामो समयसम्म राखिएको अचारमा फ्री रेडिकल बन्ने गर्छ, जुन स्वास्थ्यका लागि घातक हुन सक्छ ।
फ्री रेडिकल्सले हाम्रो शरीरमा अक्सिडेटिभ तनाव उत्पन्न गर्छन्, जुन हानिकारक प्रक्रिया हो । जसले हाम्रो शरीरमा भएका सबै कोष संरचनाहरूलाई क्षति पुर्याउन सक्छ ।
अक्सिडेटिभ तनावले क्यान्सर , बुढ्यौली, अटो इम्युन डिसअर्डर, हृदय सम्बन्धी र अल्जाइमर जस्ता दीर्घकालीन रोगहरूको विकासमा ठूलो भूमिका खेल्छ ।
विशेषज्ञका अनुसार सिजनमा बनाएको अचार त्यही सिजनमा नै खानुपर्छ । याद गर्नुहोस् वर्षभरिको पुरानो अचार स्वास्थ्यको लागि हानिकारक हुन्छ ।