• मंसिर ११ २०८१, मंगलवार

नागपञ्चमी पूजा विधि

श्रावण २३ २०८१, बुधबार

१. बिहान स्नान गरी सेता पहेँला वस्त्र धारण गर्ने।
२. गुरुमन्त्र जाप गरी सूर्य अर्घ्य दिई नियमित पूजा गर्ने।
३. नागदोष केही नभए शिवलिङ्गमा नागलाई सम्झेर पञ्चामृतले ॐ नागेन्द्रहाराय नमः भन्दै अभिशेष गर्ने
४. नागदोष वा कालसर्प दोष भए तामा वा चाँदीको नाग छुट्टै पूजा गरी दान वा विसर्जन गर्ने
५. नागपूजा गर्न उत्तर दिशामा तुलसी मठ छेउमा दियो, गणेश, कलश स्थापना गरी जोडी नाग बीचमा राख्ने
६. पूजा अघि सङ्कल्प गर्ने, कुश आशन दिई दियो, गणेश, कलश पूजा गर्ने।
७. नागको पूजा अघि ॐ नाग मतृ नमः जाप गरेर ध्यान गर्ने, कुशको आशन दिई ॐ नव नागाय नमः भन्दै दुध, दहीले स्नान गराउने
८. नैवेद्य चढाई टाढाबाट धुप आरती गरी दक्षिणा राखी माफी माग्ने । एजेन्सी