काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पहिलोपटक तोलाको डेढ लाख रुपैयाँ पुगेको छ । सोमबार छापावाल (२४ क्यारेट) सुन प्रतितोला एक लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन (२२ क्यारेट) प्रतितोला एक लाख ३७ हजार ५०० रुपैयाँ कारोबार भइरहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ७८५ रुपैयाँमा करोबार भइरहेको छ । चाँदीको मूल्य हिजोकै कायम छ ।