कहिले काहीँ शरीर गले जस्तो, कमजोरी भए जस्तो अनुभव हुन्छ भने त्यसलाई थकान र कमजोरी भएको भनिन्छ । बिहान उठ्दा शरीरमा थकान र कमजोरी भएको महसुस हुने, जिउ एकदम भारी महसुस भएका कारण दिनभरि नै काम गर्न मन नलाग्ने जस्तो समेत हुने गर्दछ ।
सानो काम गर्दा वा हिँडडुल गर्दा पनि थकाइ लाग्नु, रिँगटा लाग्नु, बसिरहेको ठाउँबाट उठ्दा आँखा धमिलो हुनु, शरीर धरमरिनु कमजोरीका लक्षणहरू हुन् । कमजोरी भएका मानिसहरुले खानपिनमा विशेष ध्यान राख्नुपर्दछ ।
कमजोरी भएमा खान र गर्न नहुने कुराहरू:
रक्सी, चुरोट, चिया, कफी, बढी चिल्लो र मसलायुक्त खाना, सडेगलेका प्लाष्टिकमा प्याक गरिएका खानेकुराहरू खानुहुँदैन ।
खान र गर्न हुने कुराहरू :
दिनहुँ ३/४ लिटर पानी पिउने, प्रशस्त मात्रामा झोलिला पदार्थ खाने, पटक-पटक थोरै-थोरै गर्दै खाना खाँदै जाने, फलफूलको रस, फलहरूमा केरा, स्याऊ, सुन्तला, मौसम, अम्बा आदि ।
अनारमा एन्टिअक्सीडेन्ट, एन्टिवायरल र एन्टिब्याक्टेरियल गुणहरू भरपुर मात्रामा पाइन्छ। अनारले शरीरको रगतको मात्रालाई पनि बढाउँदछ। शरीरमा थकान महसुस हुनु, कमजोरी महसुसको मुख्य कारण भनेको शरीरमा पर्याप्त मात्रामा रगत नहुनु हो । दैनिक रूपमा एउटा अनार सेवन गर्दा शरीरले उचित मात्रामा पोषण पाउने गर्दछ। साथै यसले रोग प्रतिरोधात्मक क्षमतालाई पनि सुदृढ गर्दछ।
किसमिसमा आइरन भरपुर मात्रामा पाइन्छ । जसले शरीरमा रगतको मात्रालाई सन्तुलित राख्न मद्दत गर्दछ। १२ घण्टासम्म पानीमा भिजाएर राखेको किसमिसको पानी सेवन गर्दा पेट सम्बन्धी रोगहरूको निवारण हुनुका साथै पाचन प्रणालीको पनि सुधार हुने गर्दछ।
यति गर्दा पनि केहि सुधार भएन भने तुरुन्तै अस्पतालमा गएर चिकित्सकको सल्लाह लिनु पर्छ ।