काठमाडौं । शुक्रबार काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्ण पाभिलियनमा साउन मेला गरिएको हो ।क्लासिक्स प्रोजेक्टले आयोजना गरेको उक्त मेला उद्घाटन मिस नेपाल २०१३ इशानी श्रेष्ठले गरेकी हुन् ।
शुक्रबार र शनिबार बिहान ११ बजेदेखि बेलुकी ८ बजेसम्म यो मेला चल्नेछ । मेलामा किनमेल, मेहेन्दी स्टल, गेमका स्टल, खानाका स्टल, फोटो बुथ, लाइभ म्युजिक लगायत कार्यक्रमहरू छन् ।