काठमाडौं । काठमाडौंको इन्द्रचोकमा एउटा छुट्टै बजार छ । यो बजारलाई कश्मिरी बजार भनिन्छ । यो बजार सानो क्षेत्रफलमा भए पनि यसको व्यापार र ग्राहकको आवागमन विशेष छ । अझ साउनमा त झनै विशेष छ । खासमा यो महिलाले लगाउने चुरापोतेको बजार हो ।
जसलाई कश्मिरी बजार पनि भनिन्छ । हामी त्यस क्षेत्रमा पुग्दा बजार पसलहरूमा ग्राहकको भीड देखिएको थियो । हरेक वर्ष साउनदेखि असोजसम्म र विवाहको सिजनमा यो बजार गुल्जार हुन्छ ।