काठमाडाौं । बंगलादेशमा आरक्षणविरुद्ध भएको प्रदर्शनमा परी ११० जनाभन्दा बढीको मृत्यु भएको घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । काठमाडौंको बसुन्धरास्थित बंगलादेशी दूताबासअगाडि बुधबार प्रदर्शन भएको हो ।
प्रदर्शनकारीहरूले बंगलादेशमा भएको हिंसात्मक प्रदर्शनमा भएका घटनाहरुको पूर्ण, प्रभावकारी, स्वतन्त्र र निष्पक्ष छानबिनको माग गरेका छन् । त्यस्तै विरोध प्रदर्शनमा लगाइएको प्रतिबन्ध अन्त्य गर्नुपर्ने उनीहरूको माग छ ।
प्रदर्शनकारीहरूमाथि प्रशासनको दमन अन्त्य गर्नुपर्ने, शान्तिपूर्ण प्रदर्शन गर्ने मानवीय अधिकार भएकाले त्यसको संरक्षण गर्नुपर्ने, टेलीफोन र इन्टरनेट पुनः सुचारु गर्नुपर्ने लगायतका माग लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन भएको हो ।