• बैशाख ९ २०८२, मंगलवार

भारतको केरलमा पहिरोमा पुरिएर १ नेपाली सहित ३६ जनाको मृत्यु

श्रावण १५ २०८१, मंगलवार

भारतको केरलमा पहिरो जाँदा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ । पहिरोमा एक जना नेपालीको पनि मृत्यु भएको छ । मंगलबार बिहान केरलको वायानड जिल्लामा पहिरो जाँदा ३६ जनाको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ । केन्द्रीय र प्रदेशीय सरकारले खोजी तथा उद्धारको काम अघि बढाएको छ ।

टाइम्स अफ इन्डियाले थोन्दरनाड गाउँमा बसिरहेका नेपाली परिवारका एक वर्षीय बालकको मृत्यु भएको समाचारमा उल्लेख गरेको छ । यसबारे विस्तृत विवरण भने आइसकेको छैन । केरलमा मंगलबार दिउँसो पनि भारी वर्षा भइरहेको छ ।

केरल राज्य विपद व्यवस्थापन, सेना लगायत विभिन्न उद्धारकर्मीको टोली पनि खटिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परी ज्यान गुमाएकाहरूको परिवारलाई दुई लाख रुपैयाँका दरले राहत र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् । पहिरोले वायानडको मुनदकाई, चुरालमाला, अटामाला र नुलपुझा गाउँहरूमा धेरै क्षति पुगेको छ ।