• बैशाख १७ २०८२, बुधबार

अनियमित महिनावारी हुनुका कारण र समाधानका उपाय

श्रावण १५ २०८१, मंगलवार

कारण

शरीरमा भएका विभिन्न ग्रन्थीबाट उत्पादन हुने हर्मोनको तालमेल मिलेपछि महिनावारी सुरु हुन्छ। महिनावारीको सुरुवाती र सुक्ने वर्षमा भएको सुरुवातको केही वर्षमा महिनावारी गडबड हुन सक्छ। थाइराइड, हर्मोनको समस्या, परिवार नियोजनका साधनको प्रयोग, रगत सम्बन्धी रोग, अण्डाशय, पाठेघर सम्बन्धी समस्या भएका कारण पनि महिनावारी अनियमित हुन्छ। मोटोपन भएका, एकै पटक धेरै तौल कम गर्ने र डाइटिङ गर्ने महिलाहरुमा पनि महिनावारी अनियमित हुन सक्छ।


Advertisement

समाधानका उपाय

बिरामीको उमेर समूह र समस्या अनुसार यसको उपचार हुन्छ। कुनै बेला परामर्श र हर्मोन थेरापीले मात्र पनि कतिपय समस्याहरु निको हुन्छ। यो बाहेक गर्भवती जाँच, हर्मोन, थाइराइड, अल्ट्रा साउण्ड सबै गरेपछि मात्र समस्या अनुसार उपचार गरिन्छ।