सिङटन । अमेरिकाको डेमोर्क्र्याटिक पार्टीबाट उपराष्ट्रपति पदको सम्भावित उमेदवार भनेर चर्चामा रहेका नर्थ क्यारोलिनाका गभर्नर रोय कूपरले उक्त टिकट लिन अनिच्छा देखाएका छन् ।
राष्ट्रपति पदका उमेदवार कमला ह्यारिसले आफ्नो उपराष्ट्रपतिका उमेदवारबारे आउँदो साताभित्रै निर्णय गर्न सक्ने जनाइएको छ । ह्यारिसले अगस्ट ७ भित्रै त्यससम्बन्धी निर्णय गर्ने सम्भावना छ ।
कूपरले एक्समा लेखेका छन्, “म उपराष्ट्रपति ह्यारिसको राष्ट्रपतिका निम्ति क्याम्पेनको बलियो समर्थन गर्छु । मलाई थाहा छ, उहाँले जित्दै हुनुहुन्छ । यो भूमिकाका लागि विचार गर्न पाउँदा म सम्मानित भएँ । तर, उत्तर क्यारोलिना र मेरा निम्ति राष्ट्रिय टिकटलाई यो सही समय भएन ।” कूपरसँग ह्यारिसको क्याम्पेनका तर्फबाट सम्पर्क गरिएको र उनले प्रस्ताव अस्वीकार गरेको स्रोतले जनाएको छ ।