कान बज्ने कारण
कान बज्ने समस्या विभिन्न कारणले हुन सक्छ । सामान्यतया धेरैबेर ठूलो आवाजमा बसिराख्नाले हवाईजहाज चढ्ने क्रममा, रुघाखोकी, ज्वरो तथा पिनासको कारण कान बज्ने समस्या उत्पन्न हुन सक्छ । यसबाहेक कानमा फोहर जमेमा, कानको संक्रमण, कानको भित्री भागमा समस्या, कानको जाली च्यातिएमा, कान बन्द वा जाम भएर, कानमा कानेगुजी भरिएमा, कानको हड्डीको समस्या, कानको नसा सुकेमा र कानको नलीमा टयुमरका कारण कान बज्ने गर्छ ।
त्यस्तै मानसिक तनाव, धुम्रपान र मद्यपानको सेवनले पनि कान बज्ने समस्या हुन सक्छ । कन्डक्टटिभ हेयर लस भएमा जस्तै बाहिर कानको लोतीदेखि कानको भित्री भागसम्म हुने समस्या भएमा कान बज्न सक्छ ।
मधुमेह, रक्तअल्पता ९एनिमिया० हुनु, मुटुको रोग, उच्च रक्तचाप, रगतमा थाइराइडको स्तर कम हुनाले पनि कान कराउन सक्छ । त्यस्तै वृद्धावस्थामा कानको अनेक भागमा समस्या हुनुका कारण पनि कान कराउन सक्छ । ५५ देखि ६५ वर्षको उमेर समूहलाई यो समस्याले पिरोल्ने गर्छ ।
लक्षण
कान कराउने बेला कानभित्र ‘टीं’ आवाज सुनिन्छ । त्यस्तै व्यक्तिपिच्छे कानमा बज्ने आवाज फरक -फरक हुन सक्छ । जस्तै कानमा सिटी बजेको जस्तो, खोलाको सुसाएजस्तै पानीको आवाज आउने, कीरा कराएको जस्तो हुने, रेडियो बिग्रेको जस्तो आवाज सुन्निे हुन सक्छ । यस्ता आवाज हल्का, भारी वा निरन्तरको आइरहेको हुने गर्छ ।
उपचार
अहिलेसम्म यसलाई निको पार्ने यही औषधि र उपचार प्रक्रिया भनेर तोकिएको छैन । तर यसलाई विधिबाट उपचार गर्ने गरिन्छ । जस्तै सुन्ने शक्ति कमजोर भएमा हेयरिङ एयर बड, शल्यक्रिया, कान च्यातिएमा शल्यक्रिया, इयरफान, भिटामिन र सप्लिमेन्टको कारण भएमा त्यो औषधि दिने, व्यवहार मानसिक समस्या भएमा एन्जाइटी मनोचिकित्सकको परामर्श दिने, सुत्न नसक्ने भएमा टिनिटस मास्कर जसले कान कराउने आवाजलाई कम गर्न मद्दत गर्छ । यस्तो समस्यामा टिनिटस थेरापी गराउने गरिन्छ ।
(नाक कान घाँटीरोग विशेषज्ञ डा. न्यौपाने काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)