• मंसिर ११ २०८१, मंगलवार

कैलालीमा थप : दुईजनामा हैजा पुष्टि

श्रावण १३ २०८१, आईतवार

अत्तरिया (कैलाली), १३ साउन । कैलालीमा थप दुईजनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । धनगढी उपमहानगरपालिका-१ पशुपति टोलका थप दुई जनामा हैजा पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठका अनुसार हैजा पुष्टि हुनेमा छ र आठ वर्षका बालक छन् ।

योसँगै हैजा पुष्टि हुनेको सङ्ख्या चार पुगेको छ । यसअघि सोही पशुपति टोलका २३ र २६ वर्षीय युवतीमा हैजा पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।
दुवै बालक सेती प्रादेशिक अस्पतालमा उपचार गरी सङ्क्रमणको जोखिममुक्त भएर घर फर्किएको उहाँले बताउनुभयो । नमूना सङ्कलन गरिएका थप चार जनाको रिपोर्ट आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

सो क्षेत्रको पानीको नमुना सङ्कलन भइरहेको पनि उहाँले जानकारी दिनुभयो । यस सम्बन्धमा माथिल्ला निकायमा जानकारी गराइ सकिएको प्रमुख श्रेष्ठको भनाइ छ ।