काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले गोरखा पहिरोमा परेका पीडितहरूको सरकारले हेलिकोप्टरबाट उद्धारमा बिलम्ब गरेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा उनले सरकारी हेलिकप्टरबाट उद्धार सम्भावना नभएको भने पनि निजी कम्पनीका हेलिकँप्टरबाट उद्धार कसरी सम्भव भयो भन्ने प्रश्न गरे ।
सैनिक हेलिकोप्टरलाई लाग्ने प्रतिकूल मौसमको समस्या निजी हेलिकोप्टरमा नलागेको विषयमा छानबिन गर्नुपर्ने बताए । यसबारेमा उनले गृहमन्त्रीको ध्यानाकर्षण गराए ।