• बैशाख ९ २०८२, मंगलवार

लिबियाले ७ सय भन्दा बढी गैरकानूनी आप्रवासीलाई नाइजर र इजिप्ट फिर्ता पठाएयो

श्रावण १३ २०८१, आईतवार

साउन १३, लिबिया । लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले ७ सय भन्दा बढी गैरकानूनी आप्रवासीहरूलाई नाइजर र इजिप्ट फिर्ता पठाएको छ । उनीहरूलाई आफ्नै देशमा निर्वासित गरेको हो ।

आप्रवासीहरूको संख्या ७ सयदेखि ७५० को बीचमा रहेको विभागका सुरक्षा मामिला अधिकारी मोहम्मद ब्रेडाले बताए । २०११ मा नेता मुअम्मर गद्दाफीको निधनपछि लिबियामा आगामी असुरक्षा र अराजकताले धेरै आप्रवासीहरूलाई उत्प्रेरित गरेको छ ।

लिबियाका आन्तरिकमन्त्री इमाद अल–ताराबेल्सीले जुलाईको शुरुमा लिबियामा हाल विदेशी नागरिकहरूको संख्या लगभग २.५ मिलियन छ । जसमध्ये अधिकांशले प्रवेश भिसा बिना लिबियाको सीमाना पार गरेका थिए ।