• मंसिर १२ २०८१, बुधबार

यस्तो छ चालु वर्षको मौद्रिक नीतिको पूर्णपाठ

श्रावण ११ २०८१, शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिले बजेटले राखेको ६ प्रतिशत आर्थिक वृद्धिलाई सहयोग पुग्ने गरी १२.५ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको छ ।

असल कर्जाको नोक्सानी प्रवधान घटाएको छ । निर्माण क्षेत्रलाई सहयोग पुग्ने गरीका सुविधाहरू पनि मौद्रिक नीतिमार्फत् अघि सारिएको छ ।राष्ट्र बैंकले चालु वर्षमा ५.५ प्रतिशतमा मूल्य वृद्धिदर कायम राख्ने लक्ष्य निर्धारण गरेको छ ।