• मंसिर ११ २०८१, मंगलवार

भेरिकोज भेन के हो?यसबाट बच्ने उपाय

श्रावण ११ २०८१, शुक्रबार

छालामुनि रहेको सतही नसा फुलेर आउने अवस्थालाई भेरिकोज भेन (सिरा फुल्ने अवस्था) भनिन्छ ।

नसा फुल्नुका सबै कारण थाहा हुँदैन । धेरै समय उभिएर काम गर्ने कुक, प्रहरी, आर्मी, सुरक्षा गार्डलगायतमा यो समस्या बढी देखिन्छ । दोस्रो कुरा गर्भवती महिलामा हर्मोनको असन्तुलन र पेट ठूलो भएर तलको नसा च्याप्पिँदा पनि सिरा फुन्छन् ।

उपचार तथा समाधानको उपाय

भेरिकोजको समस्या आएको व्यक्तिमा यस्ता समस्या ब्यान्डेज वा स्टकिङको प्रयोग वा केहि औषधिको सेवनबाटै पनि निको पार्न सकिन्छ । तर, समस्या देखिएको लामो समय भएमा वा भेरिकोज भेनले मुख्य रक्तनलीमा असर गरी एडभान्स स्टेज देखिएका व्यक्तिमा भने शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । यसरी गरिने शल्यक्रियालाई ‘भास्कुलर सर्जरी’ पनि भनिन्छ । यसबाट बच्नका लागि निम्न उपाय अपनाउन सकिन्छ ः

-लामो समयसम्म उभिएर वा बसेर काम नगर्ने

-तौल नियन्त्रणमा राख्ने

-नियमित व्यायाम गर्ने

-गर्भवती महिलाले गर्भधारणको चौथो वा पाचौं महिनाबाट चिकित्सकको सल्लाहमा कम्प्रेशन गार्मेन्टको प्रयोग गर्ने ।