• मंसिर १२ २०८१, बुधबार

सौर्यको विमान दुर्घटना हुनुमा प्राधिकरण दोषी रहेको सांसद खनालको आरोप

श्रावण १० २०८१, बिहीबार

साउन १० काठमाडाै‌‌ । । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुनुमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को नेतृत्व दोषी रहेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसद खनालले सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुनुमा क्यानको नेतृत्व दोषी रहेको बताएका हुन् । उनले जहाज दुर्घटनाको नैतिक जिम्मेवारी पनि क्यानले लिनुपर्ने बताए ।

बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्नासाथ दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । जहाजका पाइलट मनिषरत्न शाक्यको भने जीवितै उद्धार गरिएको थियो । उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

सांसद खनालले पोखरा अन्तराष्ट्रिय विमानस्थलको बिजनेस प्लानको दस्तावेज आफूहरूले नपाएको बताए । ‘पोखरा विमानस्थलको बिजनेस प्लानको डकुमेन्ट पाएका छैनौँ । त्यो उपलब्ध गराइदिन मन्त्रीज्यूलाई अनुरोध छ,’ उनले भने ।
क्भलत द्दm बनय