काठमाडौं । एसीसी महिला एशिया कप क्रिकेटमा नेपालले आज भारतसँग प्रतिष्पर्धा गर्दै छ । खेल नेपाली समयानुसार साँझ सवा ७ बजेबाट श्रीलंकाको डम्बुला मैदानमा सुरु हुनेछ ।
समूह चरणको अन्तिम खेलमा नेपालले बलियो प्रतिष्पर्धी भारतको सामना गर्न लागेको हो । भारत समूहमा दुई खेल जित्दै शीर्ष स्थानमा रहेको छ ।
त्यस्तै पाकिस्तान दुईमा एक जित र एक हारसहित समूहमा दोस्रो स्थानमा छ भने नेपाल पनि दुईमा एक हार र एक जितसहित तेस्रो स्थानमा छ । त्यस्तै दुवै खेल हारेको यूएई समूहको अन्तिम स्थानमा छ ।
नेपाल अघिल्लो चरणमा प्रवेश गर्नका लागि जित्नैपर्ने दबाब छ । यूएईलाई ६ विकेटले हराएको नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो ।