• फाल्गुन २६ २०८२, मंगलवार

बिग्रेको गाडी बनाउन भन्दै पाकिस्तानीलाई लिएर भारत छिरेका दुई नेपाली पक्राउ

श्रावण ७ २०८१, सोमबार

सिलगुडी । बिग्रेको गाडी बनाउन भन्दै एक पाकिस्तानीलाई लिएर भारत छिरेका दुई नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाकिस्तानको मार्दनका ४६ वर्षीय सइफ उल्लाह छन् ।

उनीसँगै नेपालीका ५१ वर्षीय मनबहादुर थापा र ४० वर्षीय मेघबहादुर थापासमेत पक्राउ परेका छन् । उनीहरूलाई भारतको पानी ट्यांकीको ४१ बटालियनले पक्राउ गरेको हो ।

उनीहरूलाई स्थानीय खरीबारी प्रहरीमार्फत शनिबार स्थानीय अदालतमा लगिएको थियो । उनीहरू चढेको गाडी भारतीय भूभागमा ४ मिटरभित्र पुगेपछि रोकिएको थियो ।

दार्जिलिङका एसपी प्रवीण प्रकाशले सुरक्षाका कारण उनीहरूलाई अदालतमा पेस गरिएको जनाएका छन् । उनीहरू गाडी मर्मतको लागि भारत छिरेको पाइएको जनाएका छन् । टाइम्स अफ इन्डिया