• मंसिर ११ २०८१, मंगलवार

फिटकिरिका फाइदै फाइदा

श्रावण ७ २०८१, सोमबार

फिटकिरीका  फाइदा यस्ता छन्ः

– फिटकिरी र कन्डिसनरलाई मनतातो पानीमा मिलाएर कपालमा लगाउने । यसलाई २० मिनेटपछि चिसो पानीले धुने । यसले कपाल बाक्लो बनाउन मद्दत गर्छ ।

– फिटकिरीमा पाइने म्यागनेसियमले जोर्नी र नसाको दुखाई पनि कम गर्छ । तातो पानीमा फिटकिरी मिसाएर दुखेको भागलाई डुबाएर राखे आराम मिल्छ ।

– तातोपानीमा फिटकिरी डुबाएर १०–१५ मिनेट त्यसै छाडेर त्यही पानीले नुहाउने । हप्तामा २–३ पटक यसो गरे शरीरको हानीकारक पदार्थ बाहिर निस्कन्छ ।

– फिटकिरी पानीमा १०–१५ मिनेट खुट्टा डुबाएर राखे सुन्नेको, थकान, दुर्गन्ध र फंगल इन्फेक्सनजस्तो समस्या समाधान हुन्छ ।

– बाथटबमा मनतातो पानीमा फिटकिरी हालेर नुहाउने । शरीर दुखेको स्थानमा फिटकिरीले मालिस गर्ने । तुरुन्त राहत मिल्छ ।

– मुखमा घाउ भए फिटकिरी र अलैँचीलाई पिसेर घाउ भएको ठाउँमा लगाउने ।

– हप्तामा एक पटक जैतुनको तेल र फिटकिरी मिलाएर मालिस गर्ने । यसले मरेको कोषलाई हटाउँछ ।

– तनाव कम गर्न हप्तामा तीन पटक फिटकिरी पानीले नुहाउने ।

– एक कप पानीमा दुई चम्चा फिटकिरी मिलाएर घामले डढेको ठाउँमा लगाउने र १० मिनेटपछि धुने । छाला चिलाउँदा पनि यो फाइदाजनक हुन्छ ।

– बाथटबमा फिटकिरी हालेर नुहाए मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।

– तातोपानीमा फिटकिरी राखेर सेके दुखेको ठाउँमा राहत हुन्छ ।

– औंला सुन्निएको छ भने मनतातो पानीमा फिटकिरी हालेर डुबाउने ।

– टन्सिल्समा तातोपानीमा नुन र फिटकिरी हालेर कुल्ला गर्ने ।

– चोट लागेको ठाउँमा फिटकिरी पानीले धुने र घाउमा फिटकिरीको पाउडर लगाउने ।

– राती सुत्न अघि चिसो पानीमा डुबाएर अनुहारमा फिटकिरी दल्ने । सुकेपछि मुख धोएर मस्चुराइजर लगाउने यसले चाउरी कम हुन्छ र अनुहारमा चमक ल्याउँछ ।

– धेरै पसिना आउँछ भने पानीमा फिटकिरी हालेर नुहाउने ।

– गिजाबाट रगत आउँछ भने एक चम्मा बिरे नुन र २ चम्चा फिटकिरी मिसाएर गिजामा दल्ने र केही समयपछि फिटकिरी पानीले कुल्ला गर्ने ।

– दाँत दुखे फिटकिरी, तोरीको तेल र बिरे नुन मिलाएर दुखेको ठाउँमा लगाउने ।

– फिटकिरीलाई भुटेर महसँग चाटे यसले खोकी कम गर्छ ।

– एक गिलास दुधमा थोरै फिटकिरी पाउडर घोलेर पिउने । यसले शरीरको दुखाई कम गर्छ ।