यो संक्रमण नैरोबी फ्लाई किराले टोकेर नभई यसको शरीरमा रहेको एसिड मानिसको शरीरमा पर्ने हुँदा छालामा यो किरा आएदेखि माड्नेभन्दा पनि उडाएर भगाउनुपर्ने डा गोकर्ण दाहालले बताए।
यस्तै अँध्यारो हुनुअघि झ्याल र ढोका बन्द गर्ने, झुलको प्रयोग गर्ने,शरीर पूरै छोप्ने गरी कपडा लगाउने, घरआँगन सफा राख्ने तथा यदि शरीरमा सो किरा बसेको छ र लक्षण देखाउन शुरु गरेको छ भने चिकित्सकलाई देखाउनुपर्ने हुन्छ।
-(इपिडिमियोलिजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा गोकर्ण दाहाल)