• बैशाख ९ २०८२, मंगलवार

युक्रेनी पूर्वसांसदको सदरमुकाममै गोली हानी हत्या

श्रावण ५ २०८१, शनिबार

युक्रेनमा पूर्व युक्रेनी सांसदको गोली हानी हत्या गरिएको छ । गृहनगर एलभिभमा एक बन्दुकधारीले पूर्व युक्रेनी सांसद इरिना फारियनलाई गोली हानी हत्या गरेको त्यहाँको प्रहरीले बताएको छ ।

एल्भिभका नगर प्रमुख एन्ड्री साडोभीले शुक्रबार अबेर टेलिग्राममा गरेको पोस्टमा उनको चोट र मृत्युबारे तादाम्यता नदेखिएको बताएका छन् । उनले भनेकाछन्–युक्रेनमा अब कुनै सुरक्षित ठाउँ छैन ।

यस्तो निर्लज्ज र दुस्साहसी हत्या हुनुलाई नागरिकको सुरक्षाप्रतिको चासोका रूपमा हेरिएको छ । हत्यारालाई पत्ता लगाई तत्काल कडा कारबाही गरिनुपर्छ ।