• मंसिर ११ २०८१, मंगलवार

वर्षायाममा के खाने, के नखाने ?

श्रावण ५ २०८१, शनिबार

वर्षायाममा छालाको संक्रमण, अपच, पखला जस्ता समस्याले पनि सताउँछ । भनिन्छ, यतिबेला हाम्रो पाचन यन्त्र पनि कमजोर हुन्छ । त्यसैले कतिपयले माछा–मासु सेवन गर्दैनन्, यसबेला । आर्युवेदका अनुसार वर्षा ऋतुमा सूर्य उत्तरायण हुन्छ, जसको प्रभाव मानव शरीरमा पनि पर्छ । त्यसैको प्रभावले शरीर कमजोर हुन्छ, पेट सम्बन्धी समस्या हुन्छ ।

वर्षायाममा ग्याष्ट्रिकको संभावना पनि बढी हुन्छ । पित्त दोषको संचय हुन्छ, जसले शरीरमा कतिपय समस्या निम्त्याउन सक्छ । त्यसैले वर्षायाममा खानपान र जीवनशैली सन्तुलित एवं स्वस्थ्य हुनुपर्छ । वर्षायाममा पिउने पानी सामन्यभन्दा बढी भारी हुन्छ, जसले शरीरको मोटाबोलिज्मलाई कमजोर बनाउँछ । यस समयमा भोक पनि कम लाग्छ । यहि कुरालाई ध्यानमा राखेर यस्तो आहार सेवन गरौ ।

-हल्का तथा सादा खानेकुरा सेवन गरौ । चामल, जौ, गहुँ आदिबाट बनेको आहार लिनुपर्छ ।
-गाइको घिउ, कम वोसोयुक्त मासु, दाल, हरियो चना, चामल तथा गहुँबाट बनेको चिज आफ्नो नियमित आहारमा सामेल गरौ ।
-खानासँग थोरै बीरे नुन र अदुवा आवश्य सेवन गरौ ।
-सकेसम्म उसिनेको सब्जी सेवन गरौ ।
-उमालेर सेलाएको पानीमा मह हालेर सेवन गरौ ।
-काँचो खानेकुरामा परहेज गरौ । यो सिजनमा सलाद त्यती लाभदायक मानिदैन ।
-धेरै पेय पदार्थ पिउनबाट बचौं ।